Standup for accountability

सांसदीय चुनावको माहौलमा काठमाडौं उपत्यकामा विभिन्न पार्टीहरुबाट उठेका उम्मेदवारहरुलाई केही साइकल समुदायका साइकल एक्टिभिस्टहरुले  जनताका प्रश्नहरु र यिनका जवाफदेहिताका लागि  माइतिघर मण्डलामा २ घण्टा उभीएर  ब्यानर , प्लेकार्डहरु बोकेर आवाज उठाएका थिए।

काठमाडौं उपत्यकामा सधै प्रदुषित वायुमा कहिलेसम्म श्वास फेर्नु पर्ने? घरको ढोकाबाट पाइला निस्कने बित्तिकै सडक र यहाँ अचाक्ली हुईकेर गुड्ने बाइक, माइक्रो बस, कार र गाडिहरुले ठोकिएर , कुल्चिएर कहिले मारिनु पर्ने थाहा नहुने। सडक जामका कारण २० मिनेटको बाटो १ घण्टा लाग्ने । बाटोभरि धूलोधुवाँ खाँदै कुद्नु पर्ने परिस्थितिहरु । यी समस्याहरु काठमाडौं बासीहरुको दैनिक जीवनका समस्याहरु हुन।

  • खतरनाक तहमा पुगेको वायु प्रदूषण
  • सडक कन्जेसन /जाम
  • डरलाग्दो सडक दुर्घटनाहरू
  • पैदलयात्री , साईक्लिटहरुको सुरक्षित सडक यात्राको अधिकार
  • उपत्यकामा पैदलयात्रा क्षेत्रहरु ( Vehicle free zones / Pedestrianisation)

यी प्रमुख एजेन्डाहरुमा उम्मेदवारहरुको बुझाइ , दिर्घ समाधानका योजनाहरु र उनीहरको आफ्नै प्रयास र पहलहरु कस्ता छन्? हिजोका दिनहरुमा उनीहरुले के गरे ? हिजो पनि सांसद  भएकाहरुले सांसद  र सरकारमा के काम गरे ? सांसदमा यी एजेन्डाहरुमा मुल मुद्दा बनाएर किन बहस गराउन सकेनन्? उनीहरुले सरकारलाई  सरकारी निकायहरुलाई निरन्तर दबाब किन दिएनन्? आज फेरि चुनावमा उठ्दा यसको जवाफदेहिता माग गरेका छन् ! साइकल एक्टिभिस्टहरुले‌! नयाँ उम्मेदवारहरुले आज सांसद  बन्न रहर गर्दा , जनतासँग भोट माग्दै गर्दा ऊनीहरुलाई प्रश्न छ – हिजो यी समस्याहरुमा , एजेन्डाहरुमा तपाईंकोहरुबाट पार्टी तहबाट या नागरिक तहबाटै केहि पहल ,केहि काम भए ? वा केहि अभियानहरु गर्न या जोडिन सक्यौ ? आज अचानक चुनावी‌सँध्यामा यी समस्याहरुको कस्तो समाधान भेट्यौ ? कुनै दिर्घ योजनाहरु के कस्तो छ? के ती‌ भरपर्दो छ ? या तपाइहरु भरपर्दो हुनुहुन्छ? उत्तर  मात्र हैन जवाफदेहिता पनि चाहिएको छ।

साइकल एक्टिभीस्टहरुको‌ समुह हिजो यी प्रश्नहरु र जवाफदेहिताको‌ माग गर्दै माइतिघर मण्डलामा २ घण्टा ऊभिएका थिए।  र यो समुहले भोलि चुनाव जित्नेहरुसँग पुन: भेटेर यी एजेन्डाहरुमा जवाफदेहिता माग्ने वाचा पनि गरेका छन्।

नेपाल साइकल सोसाइटी को नेतृत्व सँयोजनमा बिभिन्न साइकल समुहहरुको प्रतिनिधित्व रहेको “स्वच्छ हावाकोलागि साइकल अभियान ” समुहको आयोजनामा विश्व साइकलयात्री पुश्कर शाह , साईकल एक्टिभस्ट रत्नराम श्रेष्ठ, साइकल महासंघ तदर्थ समितिको उपाध्यक्ष सुनिता गुरुङ, नेपाल साइकल सोसाइटीका सँजीव बलामी , पाँगा राइडर क्लबका आजु महर्जन, सिद्दिपुर साइकल क्लबका अध्यक्ष रबित महर्जन, साइकल अभियन्ता बीरेन्द्र श्रेष्ठ लगायतको सहभागिता रहेको थियो।